Media Network

जयनगर–जनकपुर रेल सेवा विस्तार, आजबाट ५१ किलोमिटर कुद्ने


खबरस्टोरी संवाददाता

३१ असार २०८०,आईतवार

जनकपुरधाम । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुने भएको छ ।

आजदेखि रेल महोत्तरीको भंगहा नगरपालिकामा पर्ने विजलपुरसम्म सञ्चालन हुन लागेको हो । जनकपुरधामदेखि कुर्था १७ किलोमिटर पर्छ । आजदेखि रेल ५१ किलोमिटर गुड्छ ।

उनका अनुसार भोली सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुनेछ । विजलपुरासम्म रेल सञ्चालनमा आएपछि आउने÷जाने समय हेरफेर हुन्छ । अब महोत्तरीको बिजलपुराबाट बिहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ ।

०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि जयनगर–जनकपुरधाम–कुर्था ९३५किलोमिटर रेल सेवा सञ्चालन भइरहेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद