Media Network

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौँ। झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ। झापा गाउँपालिका-५ स्थित सिमलडाँगीमा बुधबार बिहान ४ बजे अवदुल करिम अलिको घरमा विद्युत् सर्ट भइ आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अलिको घरमा लागेको आगो अन्य पाँच घरमा पनि सल्केर जलेको उनले बताए। आगलागीबाट अलिको टिनको छाना, बाँसको टाटीबेराले बनेको एक तले घर जल्नुका साथै घरभित्र रहेका लत्ता–कपडा, अन्नपात, भाँडा वर्तन गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

त्यस्तै आगलागीबाट अब्दुल जुलास अलिको ३ लाख,  अमोर अलिको २ लाख ५० हजार, अनाबर अलिको  ३ लाख ५० हजार, ईस्माइल अलिको ३ लाख ७५ हजार र शमित अलिको ४ लाख ५० रुपैयाँ बराबरको क्षति भएको छ। 

घरहरूमा लागेको आगो इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी शरणामति र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद