Media Network

के टी एम एडभेन्चर डे विथ २५० एडभेन्चर सम्पन्न


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७९,बुधबार

काठमाडौं।विश्व प्रसिद्ध मोटरसाइकल निर्माता केटीएमले केटीएम एडभेन्चर डे विथ २५० एडभेन्चर पूरा भएको घोषणा गर्न पाउँदा गर्व लागेको छ । २०७९ साल माघ २८ गते दक्षिणकालीको हात्तीवन रिसोर्टमा आयोजना भएको महोत्सवमा तीन सयभन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरूले के टी एम एडभेन्चर २५० को शक्ति र प्रदर्शन अनुभव गर्ने मौका पाए । 

यस कार्यक्रमको ट्र्याक यसरी बनाइएको थियो कि सहभागीहरूले २५० एडभेन्चर बाइकको अफरोड क्षमता, शक्ति र ह्यान्डलिङको अनुभव लिन सकून् । चुनौतीपूर्ण ट्र्याकले बाइकको सीमालाई धकेल्यो र बाइकरहरूको सीप पनि परीक्षण गर्यो । कडा प्रतिस्पर्धाका बाबजुद ७६ राइडरले ट्र्याक पूरा गरे र ९ राइडरलाई प्रतियोगिताको विजेता घोषणा गरियो । 

कार्यक्रमले सहभागीहरूलाई के टी एम २५० एडभेन्चर पूर्ण रूपमा अनुभव गर्न प्लेटफर्म प्रदान ग¥यो। के टी एम सबै सहभागीहरूका लागि यस्तो अविस्मरणीय र रोमाञ्चक कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व गर्दछ र भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्न तत्पर छ । 

के टी एम नेपालका एजीएम विजय मोक्तानले भने, “हामी कार्यक्रमको सफलताबाट अत्यन्तै खुसी छौं । हाम्रा ग्राहकहरूका लागि के टी एम २५० एडभेन्चरको परीक्षण गर्न पाउनु र यसको असाधारण प्रदर्शन र क्षमताहरू हेर्न पाउनु रोमाञ्चक अनुभव थियो। हामी सहयोगका लागि आभारी छौं । हाम्रा ग्राहकहरू र भविष्यमा थप यस्तै अनुभवहरू प्रदान गर्न तत्पर छौं ।” 


Share:
Reaction :
ताजा समाचार
खेलकुद