Media Network

काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयले जलाए बस


खबरस्टोरी संवाददाता

१९ माघ २०७९,बिहीबार

काठमाडौं । काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपिछ आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गरेका छन् ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दिविशा अधिकारीको घटनास्थलमै निधन भएको थियो ।

त्यसपछि आक्रोशित बनेका स्थानीयले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद