Media Network

काभ्रेस्थली घटना अपडेट: घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएका छन्। उक्त घरमा ४ पेजको ‘सुसाइड नोट’ पनि भेटिएको छ । त्यस सुसाइड नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

गोरखा घर भई हाल यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी अचानक मृत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेका प्रहरी दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 






Share:
Reaction :
ताजा समाचार
खेलकुद