Media Network

कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौं।कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।​ काललीकोट शुभकालीका गाउँपालिका–६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।
कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए। 
मृत्यु हुनेमा चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको भएको रिमालको भनाइ छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद