Media Network

कामुबाटै अवकाशमा जादैं दीपककुमार कार्की


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं। सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अवकाशमा जाने भएका छन् । यही असोज १६ बाट उनी स्वतः अवकाशमा जादै छन् ।

भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उनको बिदाई गरिने सर्वोच्च अदालतले जानकारी दिएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। 

चोलेन्द्र शमशेर जबराको महाभियोग यसअघि नै टुंगो लागेको भए उनी केही समयका लागि भए पनि प्रधानन्यायाधीश भएर अवकाश लिन पाउने थिए। 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद