Media Network

कुन नेताले कहाँबाट गरे मतदान (सूचीसहित)


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौं । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन आज देशैभर हुदैछ । 

मतदान बिहान ७ बजेबाट सुरु भईसकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले विहान सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोला स्थित असिग्राम मा.वि मा. बिहान ९ बजे मतदान गदैछन् । भने उनी पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले सोही मतदान केन्द्रबाट मतदान गदैछिन् ।

कुन शिर्ष नेताले काहाँ कुन मतदानस्थलबाट मतदान गदैछन्

१.प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति–शेरबहादुर देउवा मतदान केन्द्र–ःडडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोला स्थित असिग्राम मा.वि मा. बिहान ९ बजे मतदान गर्ने

२. सञ्चार तथा सूचना प्रविधिमन्त्री–ः ज्ञानेन्द्रबहादुर कार्कीले मतदान केन्द्र –ःबराह क्षेत्र नगरपालिका १० प्रकाशपुर

३.गृहमन्त्री –ःबालकृष्ण खाण मतदान केन्द्र–ःरुपन्देहीको तिलोत्तमा ८ स्थित ज्योति आधारभूत विद्यालयमा

४.नेकपा (एमाले) अध्यक्ष–ः केपी शर्मा ओली मतदान केन्द्र –ः भक्तपुर ,सूर्यविनायक

५.नेकपा (माओवादी केन्द्र) का अध्यक्ष–ः पुष्पकमल दाहाल ‘प्रचण्ड मतदान केन्द्र –ः भरतपुर महानगरपालिका १४ शिवनगर ६.एकीकृत समाजवादीका अध्यक्ष –ःमाधवकुमार नेपाल मतदान केन्द्र –ः गौर नगरपालिका २ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा

७.एकीकृत समाजवादीकापार्टीका नेता–ः झलनाथ खनाल मतदान केन्द्र –ः इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय नि.मा.वि फिक्कल, रामफोक

८.लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष–ः महन्थ ठाकुर मतदान केन्द्र–ःसर्लाहीको बलरा नगरपालिका वडा नम्बर –१

९.जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष–ः उपेन्द्र यादव मतदान केन्द्र –ः विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा

१०. कांग्रेस वरिष्ठ नेता–ः रामचन्द्र पौडेल मतदान केन्द्र –ःतनहुँको व्यास २ सत्यवादी माध्यमिक विद्यालय

११.कांग्रेस महामन्त्री –ःगगनकुमार थापा मतदान केन्द्र –ःकाठमाडौँ ३० मैतीदेवी मन्दिर

१२.महामन्त्री–ः विश्वप्रकाश शर्मा मतदान केन्द्र –ः झापाको मेचीनगर नगरपालिका–९ कविशिरोमणि

१३.कांग्रेसका नेता–ः प्रकाशमान सिंह मतदान केन्द्र –ः काठमाडौँ–१६ पकनाजोल स्थित नेपाल युवक मा.वि

१४. कांग्रेस नेता –ःशेखर कोइराला मतदान केन्द्र –ःविराटनगर–७ को आर्दश विद्यालयमा

१५.जसपाका सङ्घीय परिषद् अध्यक्ष–ः अशोक राई मतदान केन्द्र –ः सुनसरी

१६. जसपाका नेता –ःराजेन्द्र श्रेष्ठ मतदान केन्द्र –ः क्षेत्रपाटी ढल्कु

१७.जसपाका प्रवक्ता–ः मनिस सुमन मतदान केन्द्र –ः राजविराज–३ स्थित केएएमबी मा.वि.

१८.लोसपाका वरिष्ठ नेता –ःराजेन्द्र महतो मतदान केन्द्र –ःसर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उ.मा.वि.

१९.राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष–ः राजेन्द्र लिङ्देल मतदान केन्द्र –ः झापा

२०. एमाले वरिष्ठ उपाध्यक्ष–ः ईश्वर पोखरेलर मतदान केन्द्र –ःटोखा–६, स्काइलार्क स्कुल धापासी

२१.नेपाल मजदुर किसान पार्टीका अध्यक्ष–ः नारायणमान विजुक्छे मतदान केन्द्र –ः भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मा.वि

२२. माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष –ःनारायणकाजी श्रेष्ठ मतदान केन्द्र –ः गोरखा सिरानचोक गाउँपालिका–८ जौबारी २३.पूर्वप्रधानमन्त्री–ः डा बाबुराम भट्टराई मतदान केन्द्र –ःगोरखा पालुङटार न.पा.स्थित अन्नपूर्ण मा.वि

२४. एमाले उपाध्यक्ष –ःविष्णुप्रसाद पौडेल मतदान केन्द्र –ः बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय २५ एमाले महासचिव –ःशंकर पोखरेल मतदान केन्द्र –ः तुलसीपुर १९, जनता विद्यापीठ केन्द्र बिजौरी

२५.संविधानसभाका अध्यक्ष–ः सुभाष नेम्वाङ मतदान केन्द्र –ः इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोल

२६. एमाले नेता –ःरामबहादुर थापा मतदान केन्द्र –ःभरतपुर–१० नारायणी नमूना मा.वि.मा

२७. एमालेका नेता –ःटोपबहादुर रायमाझी मतदान केन्द्र –ः अर्घाखाँचीको सन्धिखर्क ९, अर्घा रजस्थल मा.वि रासीचौर २८.राष्ट्रियसभाका अध्यक्ष–ः गणेशप्रसाद तिमिल्सिना मतदान केन्द्र –ः पर्वतको मोदी गाउँपालिका–७ राम्जा स्थित पशुपति मा.वि.मा

२९ मन्त्रिपरिषद्का अध्यक्ष–ः खिलराज रेग्मी मतदान केन्द्र –ः मध्यबानेश्वर

३० . प्रमुख निर्वाचन आयुक्त –ःदिनेशकुमार थपलिया मतदान केन्द्र –ः लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी

३१.आयुक्त –ःईश्वरीप्रसाद पौडेल मतदान केन्द्र –ः ललितपुरको सानेपास्थित टीका विद्याश्रम मा.वि.मा

३२. आयुक्त –ःरामप्रसाद भण्डारी मतदान केन्द्र –ः अनामनगर स्थित मिलन विद्यामन्दिर

३३. आयुक्त –ःडा जानकीकुमारी तुलाधर मतदान केन्द्र –ः सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मा.वि परेवाडाँडा लमजुङ ३४.आयुक्त–ः सगुन शमशेर जबरा मतदान केन्द्र –ः टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुल


Share:
Reaction :
ताजा समाचार
खेलकुद