Media Network

कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत भेटिए


खबरस्टोरी संवाददाता

२६ पुष २०८०,बिहीबार

धनगढि । कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् ।भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए ।
उनकाअनुसार वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद