काठम...">
Media Network

क्रिकेटर सन्दिप लामिछाने पक्राउ,असोज २३ सम्म मुद्दा नचल्ने


खबरस्टोरी संवाददाता

२० आश्विन २०७९,बिहीबार

काठमाडौं ।  नावालिग बलात्कारको आरोप लागेर पक्राउ परेका नेपाली क्रिकेट जगतका होनाहार खेलाडी तथा क्यान टिमका पूर्व कप्तान सन्दिप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी समक्ष  आत्मसमर्पण गरेपछि निजलाई  प्रहरीले गौशाला प्रहरी बृत्तमा राखेको बताएको छ ।

 पूर्व कप्तान सन्दिप लामिछाने यस अघि आफू २०७९ असोज २० गते  नेपाल आउने तय भएको कुरा उनले सामाजिक सञ्जालमार्फत सार्वजिनक रूपमै जानकारी गराएका थिए ।

 अहिले नेपालमा महान चाड बडा दसैँको सार्वजनिक विदा भएकाले  क्यान टिमका पूर्व कप्तान सन्दिप लामिछानेमाथि कुनै कारवाही प्रक्रिया अघि बढ्दैन । २०७९ असोज २३ गते आइतबार अड्डा अदालत, सरकारी कार्यालयहरू  खुल्ने भएकाले सन्दिप लामिछानेमाथिको कारवाही प्रक्रिया अघि बढ्ने छ ।  यस अघि नेपाल प्रहरीले सन्दिप लामिछानेविरूद्ध  रेड कर्नर नोटिस समेत जारी  गरेको थियो ।

 लामिछाने २०७९ भदौ ६ गते टी(२० सिरिज खेल्न केन्या गएका थिए ।  नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरिएको  थियो  ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद