Media Network

कोरोनाबाट पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । नेपालमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। बुधबार तीन जनाको मृत्यु भएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८१५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। सोही अवधिमा ४७६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद