Media Network

कर्णाली प्रदेशको सभामुखको लागि नन्दा गुरुङ र खड्ग पोखरेलको उम्मेदवारी


खबरस्टोरी संवाददाता

३० पुष २०७९,शनिबार

सुर्खेत । कर्णालीको सभामुखको लागि नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।

 प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट गरुङले उम्मेदवारी दर्ता गराउँदा नेपाली काँग्रेसबाट पोखरेलले दिन उम्मेदवारी दर्ता गराएका हुन् ।सत्तारुढ दलबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ ।

उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। सभामुखको निर्वाचन आइतबार बिहान ११ बजे हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद