Media Network

कर्णाली प्रदेशसभा सदस्यले आज शपथ लिदै


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज हुँदै छ ।

कर्णाली प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि शपथग्रहण कार्यक्रम निर्धारण गरेको छ । शपथ सुर्खेतस्थित कर्णाली प्रदेशसभा सचिवालयमा हुनेछ ।

शपथका लागि नवनिर्वाचत प्रदेशसभा सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन भनिएको छ । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ गराउनेछन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद