Media Network

कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित


खबरस्टोरी संवाददाता

१ माघ २०७९,आईतवार

कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ती ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ गरि जम्मा २४ मत गुरुङको पक्षमा खसेको हो। गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुन्।

यस्तै, नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत पाएका छन्। पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ। कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा ९१०बाट निर्वाचित भएका थिए। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद