Media Network

करेन्ट लागेर बाबुछोराको मृत्यु, आमा घाइते


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन्। 

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।  पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्। 

करेन्ट लागेर घाइते भएकै तिनै जनालाई पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । चित्रबहादुर र आदिको उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद