Media Network

कोशी अस्पतालको अवैध संरचनामा महानगरको डोजर


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले नियम बनाएर मिचेको संरचना महानगरले भत्काएको छ । यसअघि दुई पटक पत्राचार गर्दा पनि अटेर गरेपछि ती संरचना भत्काउन सुरू गरिएको महानगरले बताएको छ ।

नक्सा पासविनाका संरचना हटाउने अभियान अन्तर्गत महानगरले अस्पतालको संरचनामा डोजर चलाएको हो । पर्खालसँग जोडेर टहरा बनाई अस्पतालले भाडा लगाउँदै आएको थियो । भाडामा सञ्चालनमा रहेका होटलहरुले फोहोर गरेको, सुर्ती तथा मदिरा बेचेको भन्दै गुनासोसमेत भएको थियो ।

नक्सा पास गर्न आउन पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि अनधिकृत संरचना हटाएको मेयर नागेश कोइरालाले बताए । पर्खालमा जोडेर बनाएका सटरको नक्सा पास नभएको र महानगरलाई बहाल करसमेत अस्पतालले नबुझाएको उनले जानकारी दिए ।

विराटनगरलाई यथास्थितिमा राख्न नदिने मेयर कोइरालाको प्रतिबद्धतालाई कार्यान्वयनका लागि आफूहरूले योजनाबद्ध रुपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बताउँछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद