Media Network

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल


खबरस्टोरी संवाददाता

२९ श्रावण २०८०,सोमबार

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्।प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका– ३ का कटुवाललाई नियुक्त गरिएको हो।

नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा पद तथा गोपनियताको शपथ गराइएको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद