Media Network

कोशी सरकारविरूद्धको रिटमा आज सुनुवाइ हुँदै


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौं । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज बिहीबार नै सुनुवाइ हुँदैछ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजै सुनुवाइ हुन लागेको हो ।

सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै कार्कीले परमादेशको मागसहित बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री थापाले संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत पुगेको हो ।कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका छन् ।

रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको माग गरिएको छ ।यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री भएका थिए । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिएपछि एमाले फेरि पनि सर्वोच्च पुगेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद