Media Network

कोटेश्वरमा ट्रिपरमा मोटरसाइकल ठोक्किदा महिलाको मृत्यु


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा शुक्रबार राति सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । सडक छेउमा रोकी राखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा पछाडी सवार भक्तपुरको चारदोबाटो बस्ने मकवानपुरको बकैया गाउँपालिका–४ की ३६ वर्षीया भुमिका आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडक छेउमा रोकी राखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा घाइते भएकी भूमिकाको उपचारको क्रममा माइतीघरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा परि गम्भीर घाइते मोटरसाइकल चालक भक्तपुरको नयाँठिमी बस्दै आएका दोलखाको बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद