Media Network

काठमाडौं ६ मा रास्वपाका खनालको जित सुनिश्चित


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो ।

पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद