Media Network

काठमाडौं महानगरको बजेट साढे २५ अर्ब


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८०/८१ ) को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ ।

आज उपमेयर सुनिता डंगोलले सार्वजनिक गरेको गर्दै बजेट वजक्तव्यअनुसार चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको बताइन्। । जुन क्रमशः ३३.७२ र ६६२८ प्रतिशत हुन आउँछ ।

नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी कुल रकम २५ अर्ब ५४ करोड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षेपण महानगरको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद