Media Network

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो ।

यस अन्तर्गत चालुतर्फ रु. ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु. १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ ।

महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत योजना छनौट गरी ३ अर्ब ८० करोड विनियोजन गरिएको बताएकी छन् । त्यस्तै २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब छुट्याइएको छ । महानगरपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि छुट्याएको छ ।

आर्थिक वर्ष २०८० ८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ । यस्तै महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजार विनियोजिन गरिएको छ ।

पूर्वाधार क्षेत्रअन्तर्गत महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी ‘धुलोरहित काठमाडौं’ योजना कार्यान्वयनका लागि १०० करोड रकम विनियोजन गरेको छ ।

सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पुर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा संचालन गर्न २५ करोड रकम लगायत महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधार तर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कुल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

बजेट (पूर्णपाठ)

Share:
Reaction :
ताजा समाचार
खेलकुद