Media Network

काठमाडौँ महानगरपालिकाभित्रका सहकारीलाई ३० दिनभित्र विवरण पेस गर्न महानगरको निर्देशन


खबरस्टोरी संवाददाता

१३ असार २०८०,बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले आज सूचना जारी गरी साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको जनाउँदै विभागले सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवस्था छ ।

महानगरप्रमुख बालेन्द्र साहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रमुख साहले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद