Media Network

काठमाडौं उत्रिए भारतीय विदेश सचिव विनयमोहन क्वात्रा


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७९,सोमबार

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं उत्रिएका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आज र भोलि उनले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटवार्ता गर्नेछन् ।

नेपाल-भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्र बैठकमा पनि उनी सहभागी हुनेछन् । बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रम राखेका छन् ।

भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

यो भ्रमणमा क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद