Media Network

काठमाडौंको फोहोर आजबाट उठ्ने


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर संकलन गर्ने भएको छ। एक हप्तादेखि नउठेको फोहोर आजदेखि उठ्ने र पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने गाडीमा पु¥याउन महानगरले आग्रह गरेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ।

‘१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाइँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पु¥याउन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।





Share:
Reaction :
ताजा समाचार
खेलकुद