Media Network

काठमाडौंको फोहोर भोलिदेखि उठ्ने


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ।

आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो।महानगरले सुचना जारी गर्दै असार १२ गतेदेखि फोर संकलन हुने र आफ्नो पायक पर्ने स्थानमा फोहोर पुर्याउन आग्रह गरेको छ । उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद