Media Network

काठमाडौँको फोहोर १ भदौदेखि बञ्चरेडाँडामा फाल्न नदिने स्थानीयको घोषणा


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर सधैंका लागि फाल्न नदिने निर्णय गरेको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले यो घोषणा गरेको हो ।

समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको शुलीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाए । महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको उनले बताए। 

उनले भने, ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ ।’

३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा १ भदौदेखि सिसडोल र बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान बन्द गरिने उनले चेतावनी दिए। ढुंगानाले भने, बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद