Media Network

काठमाडौंका मुख्य पाँच स्थलहरुलाई तोकियो निषेधित क्षेत्र


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका मुख्य पाँचवटा स्थललाई निषेधित क्षेत्र तोेकेको छ । बुधबार जिल्ला प्रशासनले सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँचवटा क्षेत्रलाई आगामी दुई महिनासम्म निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद