Media Network

काठमाडौंको तापक्रम घट्यो, यो वर्षकै न्यून


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो ।महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.७, डडेलधुराको २.८, दिपायलको ३.२, ओखलढुंगाको ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक गरिएको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद