Media Network

काठमाडौंका यी ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने, ठेक्का आह्वान


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विभिन्न ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने प्रविधि (पेलिकन क्रसिङ) जडान गर्नका लागि ठेक्का आह्वान भएको छ ।
काठमाडौं महानगरपालिको महानगरभित्र रहेका २४ वटा सरकारी विद्यालय र १२ वटा नीजि विद्यालयको सामुन्नेको बाटोमा पेलिकन क्रसिङ जडान गर्न लागेको हो । कुल लागत २ करोडमा ३६ ठाउँमा यो प्रविधिलाई जडान गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरले यसअघि बबरमहलमा यो प्रविधिको जडान गरेको थियो । महानगरले आफ्नै खर्चमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेलिकन क्रसिङ राखेको थियो ।
महानगरले सोही प्रविधिलाई महानगरभित्रका ३६ वटा विद्यालयको अगाडि राख्नका लागि ठेक्का आह्वान गरेको हो ।
महानगरकाअनुसार नक्सालको नन्दी माध्यमिक विद्यालय, महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालय, बालुवाटारको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय, टंगालको टंगाल माध्यमिक विद्यालय, बौद्धको जनकल्याण माध्यमिक विद्यालय, चाबहिलको पशुपति मित्र माध्यमिक विद्यालय, कुमारीगालको श्रम राष्ट्रिय माध्यमिक विद्यालय, चाबहिलको मित्र आधारभूत विद्यालय अगाडि यो प्रविधि जडान गरिने छ ।
बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय, त्रिपुरेश्वरको विश्वनिकेतन माध्यमिक विद्यालय, टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, विजेश्वरीको गौतामाता माध्यमिक विद्यालय, बालाजुको सीतला माध्यमिक विद्यालय र जनजागृति ज्ञानरश्मी माध्यमिक विद्यालय, पकनाजोलको सिद्धि गणेश विद्यालय र नेपाल युवक माध्यमिक विद्यालय अगाडि पनि पेलिकन क्रसिङ जडान हुने छ।
त्यस्तै क्षेत्रपाटीको जुद्धोदय माध्यमिक विद्यालय, न्युरोडको हिमाल माध्यमिक विद्यालय, लैनचौरको शान्ति विधागृह माध्यमिक विद्यालय, रानीपोखरीको भानु माध्यमिक विद्यालय, रामशाहपथको पद्योदय माध्यमिक विद्यालय, डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालय र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय र शान्तिनगरको सिद्धेश्वर माध्यमिक विद्यालय गरि २४ सरकारी विद्यालय अगाडि पेलिकन क्रसिङ जडान गरिने महानगरले जनाएको छ ।
त्यस्तै, क्रसिङ जडान हुने निजी विद्यालयहरुमा चाबहिलको एपेक्स लाइफ स्कुल र प्रोग्रेसिभ इंग्लिस स्कुल, मालिगाउँको बृहस्पति विद्यासदन, काठमाडौं प्रज्ञाकुञ्ज स्कुल, ग्रिन लन्स एकेडेमी, आस्था विद्यामन्दिर, कामना एकेडेमी, कलंकीको एलआरआई स्कुल, मिनभवनको एनके सिंह मेमोरियल इपिएस स्कुल, हलचोकको संस्कृति स्कुल, महांकालको ग्रान्ड स्कुल र नक्सालको मल्पी सिटी स्कुल अगाडिको सडकमा यो प्रविधि जडान गर्ने महानगरको तयारी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद