Media Network

काठमाडौंमा मेयर बालेन साहविरुद्ध प्रर्दशन


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ ।महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।

संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै  सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरेका हुन् ।

विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएको सबै मुद्दा खारेज गर्नुपर्ने मागसमेत मोर्चाको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद