Media Network

काठमाडौँमा ५५ प्रतिशत मात्रै मत खस्यो, यी स्थानमा हुदैछ मत गणना


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौँ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । सबै क्षेत्रको मतगणना अलग अलग स्थानमा हुने भएको छ ।

कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ । काठमाडौं १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा मत गणना हुने भएको छ ।

यस्तै, क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ । काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं ७ को बालाजुस्थित जुडो हलमा र काठमाडौं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ । 

यसैगरी, काठमाडौं ९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ ।काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ । काठमाडौँमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद