Media Network

काठमाडौंमा सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।

केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् । अघिल्ला दिनको तुलनामा कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् ।  सार्वजनिक बाहेकका यातायातका साधन भने निर्वाध चलिरहेका छन् ।

यातायात मजदुरहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै सार्वजनिक यातायत बन्द आह्वान गरेका हुन् । बन्दमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ संलग्न छन् । उनीहरुले हिजो काठमाडौंको बालाजु क्षेत्रमा गरेको विरोध प्रदर्शनमा तोडफोड र आगजनीसमेत भएको थियो ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेर त्यहाँका मोबाइल पसलसहितका केही पसलमा तोडफोड गरेको थियो । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद