Media Network

खाली अन्डरग्राउण्डमा पार्किङ सुरू भयो


खबरस्टोरी संवाददाता

७ आश्विन २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ ।बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । 

भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रूपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद