Media Network

खोलाले बगाउँदा एक पुरुषको मृत्यु


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौँ। मकवानपुरमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। जिल्लाको कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो । 

प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले  घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद