Media Network

खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गयो


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौं । खोटाङ केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ ः१३ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ। 

यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ । मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद