त्यस क्रममा शान्ति समाजद्वारा तयार गरिएको लागू औषध दुव्र्यसन विरुद्ध अभियान शिर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवा पुस्तालाई दुव्र्यसनबाट जोगाउने उद्देश्यले लागु औषध दुव्र्यसन मुक्त विद्यालय, लागु औषध दुव्र्यसन मुक्त समुदाय र लागु औषध दुव्र्यसन मुक्त कार्य स्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिकाबारे उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ महासभाद्वारा ७ डिसेम्वर १९८७ मा प्रस्ताव पारित गरि दुव्र्यसन मुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले हरेक वर्ष २६ जुनका दिन लागू औषध दुव्र्यसन र अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
मानव अधिकार तथा शान्ति समाजले एक दशक अगाडिदेखि लागू औषध दुव्र्यसन विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातना पिडितहरुको सहायतार्थ राष्ट्रसंघीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।