Media Network

लहानका उपमेयरविरुद्ध जबरजस्ती करणीको उजुरी


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौँ। सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी प्रहरीमा परेको छ । उपमेयर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो। 

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतोविरुद्ध उजुरी परेको हो । गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र दर्ता भएको र अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बुढाथोकीले बताए। 

उपमेयर महतोले कम्प्युटर अपरेटर पदमा जागिर लगाइदिने भन्दै स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर  दुर्व्यवहार गरेको  किटानी जाहेरीमा उल्लेख गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद