Media Network

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा विजयी


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की विजयी भएकी छन् । १४ हजार २०८ मतसहित उनी विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाएकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद