Media Network

ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौं। ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ भने १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ ।

यस्तै, महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ । यस्तै विपद व्यवस्थापन डिआरआर सव– सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट–हरियाली÷पार्क निर्माणमा जोड दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद