Media Network

ललितपुरको ग्वार्काेमा ट्याक्सीमाथि बस पल्टियो


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ। ललितपुरको ग्वार्काेमा ट्याक्सीमाथि बस पल्टिएको छ। जिल्लाको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको हो । बा.३ ख  ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई थिचेको छ । 

बिएन्डबी अस्पताल नजिकैको आकाशे पुल आसपास दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले उक्त बस चलाएका थिए । बसमा यात्रु भने थिएनन् । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद