Media Network

लुम्बिनी प्रदेशमा एमाले पहिलो दल ,प्रदेशमा कांग्रेससँग बराबरी


अञ्जन बस्नेत

११ मंसिर २०७९,आईतवार

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनचुकेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा गठबन्धन हुँदा पनि ठुला मानिएका नेताहरुले जित निकाल्न सकेका छैनन् ।

                                             

प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागवण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । नेपाली कांग्रेसले यसअघि पटक पटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कंडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाणले फराकिलो मतान्तरले पराजय भएका छन्।

गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा माओवादी केन्द्रले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको माओवादीले गठबन्धन गर्दासमेत ती क्षेत्र जोगाउन सकेन । कपिलवस्तु १ मा माओवादी सचिव बलदेव, बाँके १ मा संघीय मन्त्री महेश्वर गहतराज, बर्दिया २ मा सुरेस पन्त यसअघि सो पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् भने माओवादी कोटामै टिकट पाएका पूर्वएमाले नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित भएका छन् । एमालेको लागि महासचिव शंकर पोखरेल पराजय हुनु नै लुम्बिनीको ठुलो धक्का भएको छ ।

नेकपा एसले भागवण्डमा पाएको ४ सीटमध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सीटमा मात्रै जित भएको छ । पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् तर दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भएका छन् ।

गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक एक सीट गुमाएर रित्तै भएको छ । प्युठानमा मोहनविक्रम सिंहको श्रीमती दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागवण्डामा उम्मेदार बनाएपनि जित्न सकेनन् ।

सत्ता गठबन्धन बलियो देखिए पनि उनीहरुको अन्तरद्वन्द्वमा एमाले खेल्यो र अधिकांश स्थानमा एकल लडेर पनि जीत निकाल्यो । कपिलवस्तुको क्षेत्र नं २ मा ३ सय मत, दाङको क्षेत्र नं २ मा १९२ मत र गुल्मीको क्षेत्र नं १ मा पनि निकै कम अन्तरमा एमालेका उम्मेदार पराजित भएका छन् ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा विजेताहरु


नेकपा(एमाले)

१ रुपन्देही–५ बासुदेव घिमिरे

२ अर्घाखाँची टोपबहादुर रायमाझी

३ प्यूठान सूर्य थापा

४ गुल्मी–२गोकर्ण विष्ट

५ बाँके–१ सूर्य ढकाल

६ कपिलवस्तु १ बलाराम अधिकारी

७ पाल्पा १ नारायण आचार्य

८ पाल्पा २ ठाकुर गैरे

 ९ रुपन्देही २ विष्णु पौडेल

१० कपिलवस्तु ३ मंगल गुप्ता

११ रुपन्देही १ छविलाल विश्वकर्मा

नेपाली कांग्रेस

१ बाके–३ किशोरसिंह राठौर

२ दाङ–३ दीपक गिरी

३ बर्दिया १ संजय गौतम

४ पश्चिमनवलपरासी १ विनोद चौधरी

५ गुल्मी १ चन्द्र भण्डारी

६ सुरेन्द्रराज आचार्य कपिलवस्तु २

नेकपा (माओवादी केन्द्र)

१ रुकुम पश्चिम पूर्णबहादुर घर्तीमगर

२ रोल्पा बर्षमान पुन

३ दाङ–२ रेखा शर्मा

राप्रपा

१ बाँके–२ डा. धवलशम्सेर राणा

२ नवलपरासी २ धु्रवबहादुर प्रधान

३ रुपन्देही ३ दीपक बोहोरा

नेकपा एस

१. मेटमणि चौधरी

स्वतन्त्र

१ बर्दिया–२ लालविर चौधरी

लोसपा

१ रुपन्देही–४ सर्वेन्द्रनाथ शुक्ल

प्रदेशसभा तर्फ 

२०७४ को निर्वाचनमा २७ सिट जितेको एमालेलाई २०७४को निर्वाचनमा ठुलो धक्का लागेको छ । २०७४को प्रदेसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेले १७ सिट जितेको थियो ।नेपाली कांग्रेसले ७ सिट जित्दा नेकपा माओवादी(केन्द्र)ले १५सिट जितेको थियो भने अन्यले ३ सिट जितेका थिए ।यसपटक भने लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र कांग्रेसले बराबर सटमा विजयी हासिल गरेका छन् ।

प्रतिनिधिसभा तर्फ पहिलो दल  बनेको एमाले प्रदेशसभामा भने खुम्चिएको छ । नेकपा एमालेले प्रदेशसभा सदस्य तर्फ कुल १८ सिटमा विजयी हाँसिल गरेको छ । 

नेपाली कांग्रेसले प्रदेशमा १८ सिट जितेको छ भने नेकपा एकिकृत समाजवादीले शून्यमा रहेको छ ।माओवादीबाट ४ सिटमा विजयी भएका छन्। यस प्रदेशमा स्वतन्त्र उम्मेदवार ३ जना विजयी भएका छन्। त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी बाट २ जना उम्मेदावर विजयी भएका छन् भने लोकतान्त्रिक समाजवादीको तर्फबाट पनि २ जना नै विजयी भएका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद