Media Network

लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण आज देउखुरीमा


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम तय गरिएको छ । 

नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् ।

प्रतिनिधिसभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनीमा प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने भएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४, ४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३, ३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक÷एक जना सांसद रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद