Media Network

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सर्‍यो


खबरस्टोरी संवाददाता

२० मंसिर २०७९,मंगलवार

काठमाडौँ।लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ।अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो।

मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्।

कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्।

‘मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्री दाङ ल्याइएको  मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले बताएका छन्।

स्थायी राजधानी कार्यान्वयन गर्न अब अन्तिम चरणका काम भइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद