Media Network

लुम्बिनीका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने


खबरस्टोरी संवाददाता

५ माघ २०७९,बिहीबार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने एजेण्डा रहेको छ ।सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वसको मत लिन लागेका हुन् । सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद गठन गरेका थिए । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद