विहार, मन्दिर, गुम्बा र चैत्य निर्माण हुने जग्गामा निर्धारित समयमा सम्पन्न नहुनुका कारण खोजी छिटो सम्पन्न गर्ने वा जग्गा फिर्ता गर्ने गरी नियमित गरिनेछ । सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अन्तिम चरणमा छ । गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । लुम्बिनी गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । जसमा पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा बिभाजन गरिएको छ ।
मुलुककै पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरित काम गर्न नहुने मन्त्री श्रेष्ठले बताए । कोषले यसअघि लुम्वीनी गुरुयोजना भित्रको जग्गालाई कानुन विपरित भाडामा दिन भएका निर्णय खारेज गरिदिएको थियो ।