Media Network

मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति राज्यले दिनुपर्छ:मोबाइल व्यवसायी महासंघ


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

यातायात मजदुरहरुले ट्राफिक प्रहरीले लिने जरिवाना लगायतको विरोध गर्दै सोमबार दिउँसो काठमाडौंको बालाजु माछापोखरी र गोंगबु नयाँ बसपार्क अगाडि विरोध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन अनियन्त्रित हुँदा प्रहरी भ्यान र प्रहरी बिटमा आगजनी भएको थियो । साथै बेलुकीपख मानिसहरुको भिडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेको थियो ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद