Media Network

मुग्लिन सडक खुल्यो, पोखरा–बाग्लुङ अवरुद्ध


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाइएपछि यातायात सूचारु भएको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ । पहिरोका कारण गएराति साढे २ बजेदेखि गाडी रोकिएको थियो । 

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।  

उता, मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका बाजुङ स्थित भ्याप्लेमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । ठूल्ठूला ढुंगाहरु सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले बताए । यस्तै, मोदीखेतमा पनि पहिरो झरेका कारण सडक अवरुद्ध भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद