Media Network

महाकाली नदीको वहाव नेपालतर्फ, खलंगा बजार जोखिममा


खबरस्टोरी संवाददाता

२६ भाद्र २०७९,आईतवार

काठमाडौं । दार्चुलामा शनिवार रातीको वर्षाले महाकाली नदीको वहाव नेपालतर्फ आएको छ । नदीको वहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार जोखिममा छ । महाकाली किनारको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको छ । 

लास्कु खोलामा बाढी आउने क्रम नरोकिएकोले दार्चुलाको बंगाबगड क्षेत्रमा फेरि कटान सुरुभएको हो । बंगाबगडका केही घरहरु जोखिममा रहेको स्थानीय जानकारी दिए । 

नदीको कटान रोक्नका लागि अस्थाइ तटबन्धको व्यवस्थापनका विषयमा छलफल भइरहेको र जोखिमपूर्ण क्षेत्रमा नजान नागरिकलाई अनुरोध गरिएको प्रमुख  जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

शुक्रबार रातीको अविरल वर्षाले महाकाली र लास्कुखोलामा आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो । बाढी पहिरोबाट बेपत्ता भएका १० जना अझै भेटिएका छैनन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद