Media Network

महानगर क्षेत्रभित्र अनुमतिविना डिजिटल विज्ञापन राख्न रोक


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौँ। काठमाडौ महानगरपालिकाले महानगर क्षेत्रभित्र अनुमतिविना  डिजिटल विज्ञापन राख्न रोक लगाएको छ । महानगरले महानगर क्षेत्रभित्र अनुमति नलिई र अनुमति समयसमाप्त पश्चात् पनि विज्ञापन देखिएको भन्दै  सुचना जारी गरेको हो।

‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्न÷ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन भनेको छ।

नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद